Skip to content
LAXMI SUNRISE BANK

‘प्रश्न गर्ने पेशाबाट आएका गृहमन्त्रीले प्रश्नलाई निषेध गर्न मिल्दैन’

अर्थ सरोकार

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने  बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकोमा आपत्ति जनाएका हुन् । सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गरे ।

उनले भने, ‘आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।’

त्यस्तै, सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK