×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पब्जी’ खेलेर बच्चाले बैंक खाता रित्तो बनायो, सरकारको ध्यानाकर्षण होस्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘पब्जी’ खेलेर बच्चाले बैंक खाता रित्तो बनायो, सरकारको ध्यानाकर्षण होस्’

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद ईश्वरी देवी न्यौपानेले भर्चुअल ब्याटल गेमले ल्याएको विकृति रोक्न माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले ‘पब्जी’ र ‘फ्रि–फायर’ जस्ता मोबाइल गेमका कारण बैंक खाता नै रित्तो बनाउनेजस्ता विकृति मौलाएको भन्दै यस्तो विकृति रोक्न सरकारसँग माग गरेकी हुन् ।

उनले एक महिलाले आफ्नो बच्चाले ‘पब्जी’ खेलेरै बैंक खाता रित्तो बनाएको भन्दै सुनाएको गुनासोलाई उदृत गर्दै संसदबाटै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

‘आज बिहान एकजना आमा मेरो घरमा आउनुभयो । उहाँको बच्चाले मोबाइलमा खेलेको गेमले उहाँमा बैंकमा भएको पैसा सकिएछ ।’, उनले भनिन्, ‘पब्जी र फ्रि-फायर गेमले ल्याएको विकृति रोक्न र बच्चालाई रचनात्मक काममा कसरी लगाउन सकिन्छ ? भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: