काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले यसपाली कुनै ‘कम्प्रमाइज’ नहुने बताएका छन् । शुक्रबार महाशिवरात्री पर्व तथा नारी दिवसको शुभकामना दिँदै गृहमन्त्री लामिछानेले यसपाली काममा कुनै ‘कम्प्रमाइज’ नहुने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली काँगेसँगको पूरानो गठबन्धन भत्काएर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएसँगै दोस्रो पटक गृहमन्त्री बनेका रविले यसपाली आफूहरु ‘चेक लिस्ट’सहित सरकारमा आएको पनि बताएका छन् । त्यस्तै उनले नयाँ गठबन्धनमा सहभागी भएसँगै केही समय आफूहरु ‘होम वर्क’मा रहने पनि उल्लेख गरेका छन् ।
‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होमवर्कमा रहनेछौँ ।’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि उपप्रधानसहित गृहमन्त्री, डिपी अर्याल श्रममन्त्री, बिराजभत्त श्रेष्ठ खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्