×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अपराध गर्नेलाई कार्वाही गर्न आदेश कुर्नुपर्दैन, ऐन पल्टाएर देखाइदिए हुन्छ’- गृहमन्त्री लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘अपराध गर्नेलाई कार्वाही गर्न आदेश कुर्नुपर्दैन, ऐन पल्टाएर देखाइदिए हुन्छ’- गृहमन्त्री लामिछाने

Artha Sarokar

२९ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले अपराध गर्नेहरुलाई कार्वाही गर्न आदेश नकुर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत देशभरका राष्ट्रसेवक प्रहरीहरुलाई अपिल गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि खालको अपराध गर्नेलाई कार्वाही गर्न आफ्नो वा कसैको आदेश नकुर्न भनेको हुन् ।

‘देशको कुनै पनि भागमा, कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक–धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कार्वाही गर्न मेरो वा कसैको आदेश कुर्नुपर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ?’, रविले लेखेका छन् ।

त्यस्तै, गृहमन्त्री लामिछानेले प्रहरीले आफूलाई नभएर आफूले प्रहरीलाई सम्मान गर्नेगरी काम गर्न पनि भनेका छन् । यस्तो छ रविको स्टाटस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी