×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मिनी संसद’मा आईजीपी कुँवरको जवाफ- ‘सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता भेटिएन’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘मिनी संसद’मा आईजीपी कुँवरको जवाफ- ‘सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता भेटिएन’

Artha Sarokar

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

उनले बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडु लगायतले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे उठाएको प्रश्नअनुसार गृहमन्त्रीको संलग्नता नभेटिएको स्पष्ट पारेका छन् ।

आईजीपी कुँवरले गृहमन्त्री रवि लामिछानेको नाममा आएको ठाडो उजुरी दर्ता भएको र अनुसन्धान पनि गरेको उल्लेख गर्दै प्रहरीको अनुसन्धानमा सहकारी ठगी प्रकरणमा उजुरीमा भनिएजसरी गृहमन्त्रीको संलग्नता नदेखिएपछि कानूनको दायरामा पनि पर्ने अवस्था नआएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी