×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अबदेखि पहिला सुन्छौँ, अनि मात्र थुन्छौँ’- गृहमन्त्री लामिछाने

PRIME CA

‘अबदेखि पहिला सुन्छौँ, अनि मात्र थुन्छौँ’- गृहमन्त्री लामिछाने

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले पहिला सुन्ने, अनि मात्रै थुन्ने नीति लिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले आफु मन्त्रालयमा आएपछि यस्तो नीति सुरु गरेको उल्लेख गरेका छन् ।

गृहमन्त्री लामिछानेले आफूले मन्त्रालयको कमाण्ड सम्हाल्नुपूर्व पहिला थुन्ने अनि सुन्ने गुनासो बढि रहेको भए पनि आफू गृहमन्त्री बनेपछि भने पहिलो सुन्ने, अनि मात्रै थुन्ने नीति लिएको बताएका छन् ।

त्यस्तै, उनले पहिला सुनेपछि मात्रै थुन्ने नीतिअनुसार नै अहिले गृह प्रशासन अघि बढेको पछि उल्लेख गरेका छन् । सुनेर थुनेपछि मात्रै कानून पल्टाएर कानूनमा उल्लेख भए बमोजिम कार्वाही प्रक्रिया अघि बढाइने गृहमन्त्री लामिछानेले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: