×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पीडितहरु सडकमा उत्रिएका छन्, तर, सरकार आखाँ भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने भएको छ’ -राजेन्द्र लिङ्देन

अर्थ सरोकार

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

‘पीडितहरु सडकमा उत्रिएका छन्, तर, सरकार आखाँ भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने भएको छ’ -राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या सम्बोधनको विषयमा संसदमा आवाज उठाएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पैदल यात्रा तय गरेर मेची र महाकालीबाट मिटरब्याज पीडितहरु न्यायका लागि काठमाडौँ आएको बताएका थिए ।

सरकारले उनीहरुको समस्या समाधान गर्नुको सट्टा ऐन बनाईएको छ मुद्दा हाल भन्ने किसिमको जवाफ दिरहेको उनले बताए । ‘करिब एक महिनाको पैदल यात्रा तय गरेर मेची र महाकालीबाट मिटरब्याज पीडितहरु काठमाडौं आएका छन् । सरकारले उनीहरुको समस्या समाधान गर्नुको सट्टा तिम्रो लागि ऐन बनाईएको छ, जाउ मुद्दा हाल भनिरहेको छ ।’

त्यस्तै, उनले मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

संसदमा सांसदहरुले यी विषयमा पटक पटक आवाज उठाउँदा पनि सरकारले जवाफ नदिएको लिङ्देनले गुनासो गरे । उनले भने ‘यी विषयमा धेरै पटक सदनमा हामीले आवाज उठाईरहेका छौँ । तर, सरकार आखाँ भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने, अन्धो र बहिरो भएर बसेको छ ।’

साथै, उनले यसरी पीडितहरु न्याय माग्दै सडकमा उत्रिदा र राजनीतिक दलहरुले संसदमा पीडितका आवाज उठाउँदा सरकारले जवाफ नदिए बैठक बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: