काठमाडौँ । पछिल्लो ७ महिनामा नेपालमा ८ खर्ब बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा २१.६ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि हुँदा ६ अर्ब ३१ करोड पुगको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ जना पुगेको छ । त्यस्तै, १ लाख ५८ हजार ५ सय ४० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्