×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डाक्टरसाप ! धितोपत्र बोर्डको अध्यक्ष नै बन्छु भन्नेले अलिकति ‘सभ्य’ बन्ने कि !

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार

PRIME CA

डाक्टरसाप ! धितोपत्र बोर्डको अध्यक्ष नै बन्छु भन्नेले अलिकति ‘सभ्य’ बन्ने कि !

 काठमाडौँ । नियामक निकायका प्रमुखहरुमा जति खुबी नेतृत्वको आवश्यक छ, त्यति नै आवश्यक छ, स्व अनुशासन र सार्वजनिक कार्यक्रममा गरिने प्रस्तुती पनि । तर, नियामक नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक, अझ भनौँ अध्यक्षका दाबेदार डाक्टर नवराज अधिकारीले नै, सोमबार एक कार्यक्रममा जस्तो हर्कत देखाए, त्यसले उनी नेतृत्वमा पुग्न लायक छन् र ? भन्ने प्रश्न उब्जाएको छ ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डाक्टर अधिकारी स्टेजमा रहेर पनि खासखुस गरिरहेका थिए । हुन त यो उनको सधैंजसोको बानी हो, तर सोमबार अलि बढी नै भयो, कारण, कार्यक्रममा विद्यार्थीहरु थिए ।
कार्यक्रम प्रस्तोताले विद्यार्थीहरुलाई हल्ला नगर्न उर्दी जारी गरिरहँदा डाक्टर अधिकारी भने स्टेजमा रहेर पनि हेर्नेलाई नै अफ्ट्यारो हुनेगरी कानेखुसी गर्ने, र माइक नै अन भएका बेला पनि उन्मत्त हाँस्ने गरिरहेका थिए । अझ, अर्का अतिथिले बोलिरहँदा उनले नै यसरी हाँसेपछि विद्यार्थीहरुले पनि आफ्नो हल्ला र हाँसो दुबै रोकेनन् ।
अझ खास कुरा त, सो कार्यक्रम प्रत्यक्ष प्रशारण भईरहेको छ भन्ने पनि डाक्टर अधिकारीलाई थाहा थियो । यति हुँदा पनि नानीदेखि लागेको बानी भनेजस्तै उनले आफ्नो केटाकेटी पारा देखाईरहे ।
यसो त उनी यतिमा मात्र रोकिएनन्, प्यानल डिस्कसनका मोडरेटरले समय सकियो भनेर पटक पटक जनाउ दिँदा पनि उनी बोलिरहे । कार्यक्रम सुरु गर्दा पनि उनले निकै असभ्य पारामा माइक टेष्ट गरिरहे ।
नेपाल धितोपत्र बोर्डले कारोबार समयमा बजारलाई प्रभावित हुनेगरी कसैलाई पनि नबोल्नु भन्छ । तर सोमबार बजार चलिरहँदा, र सो कार्यक्रम प्रत्यक्ष प्रशारण भईरहँदा उनले लघुवित्तमा चलखेल हुने गरेको, र बैंकको सेयर किन्ने समय भएको भन्ने अभिव्यक्ति दिए, जुन स्वयम् बोर्डको उर्दी विपरित छ ।
झट्ट सुन्दा निकै सामान्य गल्ती लागे पनि ठुला मान्छेहरुले यस्ता विषय ख्याल गर्नुपर्छ । अझ विद्यार्थीहरुका माझमा त झन् ठुला मान्छेहरुले यस्ता ससाना कुराहरुलाई ख्याल गर्नुपर्छ । नियामक नै हाँक्छु भन्नेले अव आफुलाई पनि सुधार्ने कि !
डाक्टरसाप ! धितोपत्र बोर्डको अध्यक्ष नै बन्छु भन्नेले अलिकति ‘सभ्य’ बन्ने कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: