×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुश्मामा बढ्दै सहकारी पीडित, नगरपालिकामा उजुरीको चाङ्ग !

PRIME CA

कुश्मामा बढ्दै सहकारी पीडित, नगरपालिकामा उजुरीको चाङ्ग !

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कुश्मा नगरपालिकामा सहकारी पीडितहरुको संख्या बढ्दै गएको छ । नगरपालिकाको सहकारी शाखाका अनुसार पछिल्ला दिन विभिन्न सहकारीका सञ्चालक भागेको, बचत फिर्ता नगरेको तथा कार्यालय नै नखोलेको जस्ता उजुरी दिनेहरु बढेको हुन् । सहकारी संस्थाविरुद्ध उजुरी दिने बढेपछि अहिले कुश्मा नगरपालिकामा सहकारी पीडितहरुले दिएको उजुरीको चाङ्ग लागेको छ ।

उजुरी दिने सहकारी पीडितहरुको संख्या बढ्न थालेपछि नगरपालिकाले १ सय ५ सहकारी संस्थासँग यथार्थ विवरण माग गरेको छ । जसमध्ये नगरपालिकामा केही सहकारी विवरण बुभाईसकेका छन् ।

तर, नगरपालिकामा बुझाइएका अधिकांश सहकारीको विवरणमा कैफियत भेटिएको नगरपालिकाको सहकारी शाखाका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार यसरी विवरणमा अस्पष्ट भए आवश्यक कागजात झिकाउने र थप कार्वाही प्रक्रिया अघि बढाइएको छ ।

यसो त कुश्मा नगरपालिका यसअघि तीन सहकारी संस्थामा ५५ करोड ठगी प्रकरणमा सहकारीका अध्यक्ष र पदाधिकारी पक्राउ परेका छन् भने कही अझै पनि फरार छन् । ती बाहेक अहिले कुश्मा कार्यक्षेत्र बनाएर सञ्चालन भएका थप ७ सहकारीविरुद्ध पनि नगरपालिकामा उजुरी परेको छ । हाल उजुरी पर्नेमा चुवा व्यवसायिक कृषि सहकारी, बैसाली सहकारी, शिवालय बहुउद्धेश्यीय सहकारी, हिमालय खरेहा र नगर विकास सहकारी लगायत रहेको छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: