×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीः केदारनाथ शर्माको शिवशिखरमा ११ अर्बको मागदाबी, ३२ हजार ५ सय बचतकर्ता पीडित !

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

सहकारी ठगीः केदारनाथ शर्माको शिवशिखरमा ११ अर्बको मागदाबी, ३२ हजार ५ सय बचतकर्ता पीडित !

काठमाडौँ । केदारनाथ शर्माको शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँ भन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त उक्त सहकारीमा ३२ हजार ५ सय जना बचतकर्ताहरुले ११ अर्ब रुपैयाँ बराबरको माग दाबी गरेका हुन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइनमार्फत माग दाबी गर्न आह्वान गरेपछि ३२ हजार ५ सय जना बचतकर्ताहरुले प्रमाणसहित ११ अर्ब रुपैयाँ बराबरको मागदाबी पेश गरेका हुन् ।

यता शर्मा अध्यक्ष रहेको तुलसी सहकारीमा पनि बचतकर्ताहरुले डेढ अर्ब बढीको माग दाबी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार मागदाबी आह्वान गरिएकोमा सहकारीका ५ हजार ३ सय ८१ जना बचतकर्ताले १ अर्ब ८५ करोडको माग दाबी पेश गरेका हुन् ।

यी दुवै सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

सहकारी विभागका सिफरिसमा शिवशिखर बहुउदद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारीलाई २५ भदौ २०८० मा नै समस्याग्रस्त घोषणा गरिएको थियो । हाल सहकारी ठगी प्रकरणमा संस्थाका अध्यक्ष केदारनाथ शर्मा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: