×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवोत्तम सिमेन्टमा छैटौँ दिन पनि पोजेटिभ सर्किट, लगानीकर्ताहरु मालामाल !

PRIME CA

सवोत्तम सिमेन्टमा छैटौँ दिन पनि पोजेटिभ सर्किट, लगानीकर्ताहरु मालामाल !

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

काठमाडौँ । सवोत्तम सिमेन्टको सेयरमा लगातार छैठौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ । बुधबार नेप्सेमा कारोबार सुरु भएको १ मिनेटमा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएर कारोबार सुरु भएको छैठौँ दिन (आज) कम्पनीको सेयर मूल्य ८९.५० रुपैयाँ (१० प्रतिशत)ले बढेर ९८४.६० रुपैयाँ पुगेको छ ।

बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको कम्पनीको नेप्सेमा चैत ६ गतेबाट सेयर कारोबार सुरु भएको हो । कारोबार सुरु भएको दिनदेखि नै लगातार पोजेटिभ सर्किट लागेको सवोत्तम सिमेन्टको सेयरमा बुधबार कारोबारको छैठौँ दिन पनि पोजेटिभ सर्किट लागेको हो । लगातार कम्पनीको सेयर मूल्यमा सर्किट लागेपछि सवोत्तमका लगानीकर्ता मालामाल भएका छन् ।

सर्वोत्तम सिमेन्टको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: