×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा ‘टि प्लस जिरो सेटलमेन्ट’ लागु हुँदै, सेयर खरिद बिक्रीको राफसाफ एकै दिनमा हुने !

PRIME CA

भारतीय सेयर बजारमा ‘टि प्लस जिरो सेटलमेन्ट’ लागु हुँदै, सेयर खरिद बिक्रीको राफसाफ एकै दिनमा हुने !

२९ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय सेयर बजारमा ‘टि प्लस जिरो सेटलमेन्ट’ लागु गरिने भएको छ । सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी)ले मार्च २८ सम्म वैकल्पिक आधारमा ‘टि प्लस जिरो सेटलमेन्ट’ प्रणाली लागु गर्ने भएको हो । यो प्रणाली लागु भएसँगै सेयर खरिद बिक्रीको राफसाप एकैदिनमा हुनेछ ।

भारतीय सेयर बजारमा उक्त प्रणाली लागु गर्न लागेको विषयबारे सेबीका अध्यक्ष माधवी पुरीले मार्च ११ (सोमबार) मा एसोसिएसन अफ म्युचुअल फण्ड्स इन इन्डिया (एएमएफआई)द्वारा आयोजित कार्यक्रममा जानकारी दिएका थिए । पुरीका अनुसार हाल भारतीय स्टक मार्केटमा टि प्लस वान सेटलमेन्ट प्रणाली कार्यान्वयनमा छ ।

तर, टि प्लस जिरो सेटलमेन्ट प्रणाली लागु गर्ने तयारी अन्तिम चरणमा रहेकोले सेयर खरिद बिक्रीको राफसाफ तत्कालै हुने दिनबाट टाढा नरहेको पनि उनले बताएकी छिन् ।

टि प्लस जिरो सेटलमेन्ट प्रणाली लागु भएसँगै सेयर कारोकार भएकै दिन बेच्नेले पैसा र किन्नेले सेयर पाउनेछन् । यो प्रणाली लागु भएर कार्यान्वयनमा आउन सकेको अवस्थामा यसले भारतीय पूँजी बजारमा क्रान्ती नै गर्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: