×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ जनाको नाम सर्टलिष्टमा

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ जनाको नाम सर्टलिष्टमा

काठमाडौँ । नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा पर्नेहरुमा बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जकाबहाल वाला सीइओ कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा.विमलकुमार तिवारी रहेका छन् ।

फाइनल फाइभमा छानिएकाहरुलाई अव अन्तर्वार्ता लिईनेछ ।
बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति बनाइएको छ । जसमा अर्थ सचिव कृष्णहरी पुस्कर र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य छन् । कृष्णहरि पुस्कर हाल अमेरिका भ्रमणमा छन् । उनी अमेरिका भ्रमणमा जानु अगावै ५ जनाको नाम फाइनल भईसकेको थियो । छानिएका ५ जनाले अव आगामी साता अन्तर्वार्ता र प्रस्तुतीकारण दिनेछन् । प्रस्तुतीकारण र अन्तर्वार्ताबाट प्राप्त अंकका आधारमा उत्कृष्ट ३ छानिने छ र तीन जनाको नाम मन्त्रीपरिषदमा पठाईनेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एकलाई  मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
५ जनाको नाम सार्वजनिक भएपछि अहिले पाँचैजना राजनीतिक दौडधुपमा छन् । यो दौडधुपमा सबैभन्दा बढी तत्कालीन बीमा समितिका तत्कालीन अध्यक्ष चिरन्जीवी चापागाईं छन् । बीमा समितिमा हुँदा नै योग्यताको विषयमा विवादमा परेका चापागाईं यसअघि पनि बोर्डको अध्यक्षका दाबेदार थिए । तर अध्यक्षको भाग माओवादीको पोल्टामा नपर्ने भएपछि उनी ब्याक भएका थिए । हाल प्रधानमन्त्री र अर्थमन्त्री दुवै माओवादीबाटै भएकाले उनी ठुलै रस्साकस्सीका साथ बोर्डको अध्यक्ष बन्न दौडधुपमा छन् । उनका लागि आईएमई ग्रुपका अधिकारीहरुले पनि चर्को लविङ गरिरहेको छ । नेप्सेको प्रणालीमा वाईकोको दबदबा जोगाईराख्न पनि चापागाईंलाई अध्यक्ष बनाउन सो समूह सक्रिय छ ।
यता माओवादीकै क्याडरका रुपमा चिनिएका हालका नेप्सेका प्रमुख कृष्ण कार्की पनि धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुपमा छन् । उनलाई बोर्डको अध्यक्ष बनाउनका लागि माओवादीभित्रकै केहि शिर्ष नेताहरु लागि परेका छन् । चापागाईंको विषयमा नेताहरुबीच मतान्तर नभए कार्की बोर्डको अध्यक्ष बन्नेछन् ।
यता फाइनल फाइभमा नाम आएका डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । व्यवसायीको एउटा तप्काले श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाउन खोजेको छ । दुई व्यवसायिक घरानाको टक्करमा गैर आईएमई समूहको जित भयो भने मुक्तिनाथ श्रेष्ठ बोर्डको अध्यक्ष बन्न सक्छन् । नवराज अधिकारी भने भित्रभित्र सबैका मान्छे हुन् । यसअघि रमेश कुमार हमाललाई काम गर्न नदिने व्यक्तिका रुपमा परिचित अधिकारी कमजोर दाबेदार भने होइनन् ।
यता डा. बिमल कुमार तिवारी सेयर बजारका जानकार हुन् । बोर्डको अध्यक्षको भाग केहिगरी रास्वपाको भागमा पर्यो भने तिवारीले मौका पाउनेछन् । यो सम्भावना कम भए पनि असम्भव भने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: