काठमाडौँ । सिराहामा माध्यामिक शिक्षा (एसइई) परीक्षाको दोस्रो दिन नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चैत १६ गते (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र बाहिरिएको हो ।
स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो । हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यता जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषय जानकारीमा आएको तर कहाँबाट ? र कसरी बाहिरियो ? भन्ने विषयमा थप जानकारी नआएको बताएका छन् । उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएलगत्तै थप छानबिन सुरु गरिएको पनि बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्