काठमाडौँ । बझाङमा माध्यामिक शिक्षा (एसइई)को प्रश्न पत्र बाहिरिएको छ । बझाङको शान्ती उच्च माध्यामिक विद्यालय र बान्निचौर स्रोत केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।
शुक्रबार नेपाली विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्न पत्र बाहिरिएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका ती प्रश्नपत्रमा बझाङको ठेगानासहितको प्रवेश पत्रसमेत देखिएको छ । फोटोमा विद्यार्थीको प्रवेश पत्रसमेत देखिएकोले उक्त प्रश्नपत्रको फोटो विद्यार्थीले नै खिचेर आउट गरेको स्रोत केन्दले दाबी गरेको छ ।
सिराहामा पनि प्रश्न पत्र आउट
यता शुक्रबार सिराहाबाट पनि नेपाली विषयको प्रश्न पत्र बाहिरिएको थियो । सिराहामा त परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र आउट भएको थियो । परीक्षा समयमै प्रश्न पत्र आउट भएपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । उद्यपि परीक्षा भने सञ्चालन भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्