काठमाडौँ । एसईई परिक्षाअन्तर्गत अनिवार्य गणितको प्रश्नपत्र पनि लिक भएको छ । सुदूरपस्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा प्रश्नपत्र लिक भएको हो ।
मधेश प्रदेशमा त फोटोकपी सेन्टरहरुमा १०० रुपैयाँमै खुलेआम प्रश्नपत्र किनबेच भईरहेकोसमेत पाइएको छ । यद्यपी प्रहरी प्रशासन भने यस विषयमा चुप लागेर बसेको पाइएको छ ।
यसअघि नेपाली विषयको प्रश्नपत्र पनि विभिन्न ठाउँमा लिक भएको थियो । ती ठाउँहरुमा परिक्षा रद्ध गर्ने विषयमा छलफल पनि भएको थियो । यद्यपी, यस विषयमा परिक्षा नियन्त्रण कार्यालयले औपचारिक निर्णय गरिसकेको छैन ।