काठमाडौँ । नयाँ सेयर दलालहरुले अर्थमन्त्रीलाई भेटेका छन् । नयाँ सरकार गठनसँगै अर्थमन्त्री बनेका वर्षमान पुन नियुक्त भएसँगै नयाँ दलालहरुले अर्थमन्त्री पुनसँग भेट गरेका हुन् ।
अर्थमन्त्रीसँगको भेटमा सेयर बजारको विकासका लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् । ‘हामीले सेयर बजार सुधार र विकासको मागसहित अर्थमन्त्रीज्युसँग भेट गरेका हौँ, बजार विकासका लागि पहल गरिदिन आग्रह पनि गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै गिरीले भने, ‘सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’
त्यस्तै, अर्थमन्त्रीसँगको भेटमा संस्थागत लगानीकर्ताको रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न रोकेको अवस्थालाई कसरी सहज गर्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल भएको गिरीले बताएका छन् । साथै सेयर कर्जामा लगाईएको १५-२० को क्याप हटाउने विषयमा पनि छलफल भएको र उक्त विषयमा अर्थमन्त्री पनि पोजेटिभ रहेको गिरीको भनाई छ ।
भेटमा अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको सुधार र विकासका लागि मन्त्रालय मातहतबाट तत्कालै गर्नुपर्ने कामको लागि लिष्ट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको पनि गिरीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्