काठमाडौँ । बजार बियरिस हुँदै लामो साइडवेजमा गईरहेको अवस्था र सम्भावित बुलको सुरुवातका लागि प्रशस्त वातावरण बनेको देखेपछि सेयर लगानीकर्ताहरुले सेयर धितो कर्जा लिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ७ महिनामा सेयर धितो कर्जामा जाने कर्जा ११.६ प्रतिशतले बढेको छ । अर्थात माघ मसान्तसम्म सेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।
विद्यमान व्यवस्था अनुसार सेयर कर्जाका रुपमा एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १५ करोड रुपैयाँ कर्जा पाउँछन् भने संस्थाले २० करोड रुपैयाँ कर्जा पाउँछन् । राष्ट्र बैंकका अनुसार १ करोड रुपैयाँभन्दा माथिको कर्जा वृद्धिदर बढी छ । अर्थात ठुला १ करोडभन्दा बढी सेयर कर्जा लिनेहरुले बजारमा लगानी थपिरहेका छन् ।
नियामकीय तथ्यांक अनुसार माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा मात्र कुल ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बैंकहरुले प्रवाह गरेका छन् भने ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जामा बैंकहरुले कुल ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै २५ लाख रुपैयाँदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा बैंकहरुले माघ मसान्तसम्ममा कुल ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकको हालको व्यवस्था अनुसार ५० लाख रुपैयाँ भन्दा कमको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा जोखिमभार १२५ प्रतिशत छ । जोखिमभारको विद्यमान व्यवस्था र ठुला सेयर लगानीकर्ताहरुले सेयर बजारमा बढाएको लगानी हेर्दा सेयर लगानीकर्ताहरु ऋण नै लिएर पनि सेयरमा लगानी गरिरहेका छन् भन्ने प्रष्ट देखिन्छ ।
ठुला लगानीकर्ताहरुको बजार प्रवेशलाई सेयर बजारमा अर्थपूर्ण रुपमा हेर्ने गरिन्छ । अझ नेपाली सेयर बजारको ठुलो हिस्सा कर्जाको रकमबाट चल्ने हुँदा बजार बढोत्तरीका लागि बढ्दै गएको कर्जाको ग्राफले खास मान राख्ने हुँदा नियामक नेपाल राष्ट्र बैंकको सेयर कर्जा बढेको तथ्यांकले पनि बजारलाई थप राहत दिने आशा सेयर लगानीकर्ताहरुले गरेका छन् । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्