काठमाडौँ । सेयर बजारमा करिब ३ महिनापछि ‘पोजेटिभ सर्किट’ लागेपछि विभिन्न ब्रोकर हाउसमा लगानीकर्ताले केक काटेर खुसियाली बाँडेका छन् । सत्ता परिवर्तनको राजनीतिक निर्णयको प्रभावले सोमबार नेप्सेमा सर्किट ब्रेकमै रेकर्ड ब्रेक भएपछि लगानीकर्ताले लड्डु बाँडेर र केक काटेर खुसियाली साटासाट गरेका हुन् ।
यसैबीच झापाको दमकस्थित ब्रोकर नम्बर ७ (जेएफ सेक्युरिटिज)को शाखा कार्यालयमा लगानीकर्ताहरुले केक काटेरै खुसी साटासाट गरेका छन् ।
सेयर लगानीकर्तासँग केक काट्दै सेयर गुरु सुवासचन्द्र भट्टराईले नेपाली राजनीतिमा देखिएको परिवर्तनकै कारण सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेको बताएका छन् । उनले सेयर बजार सुधार र सेयर बजारको विकासका लागि नीति सबैभन्दा महत्वपूर्ण भएकाले आगामी दिनमा आउने राम्रा नीतिले बजारको भविष्यलाई पनि राम्रै बनाउने बताएका छन् ।
करिब ५० जना सेयर लगानीकर्ताको माझमा खुसियाली बाँडेको बताउँदै भट्टराईले सोमबार नेप्सेमा लागेको ‘पोजेटिभ सर्किट’ले मात्रै बजारको दिशा निर्धारण नगर्ने बरु यसले लगानीकर्ताको मनोबल बढाउनुका साथै पूँजीबजारको विकास र विस्तारमा ठूलो योगदान पुर्याउने बताएका छन् । साथै, उनले सबै सेयर लगानीकर्तालाई बधाई पनि दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्