Skip to content
LAXMI SUNRISE BANK

‘पोजेटिभ सर्किट लागेको भोलिपल्ट बजार घट्नु सामान्य हो, घट्यो भने आत्तिनुपर्दैन’

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता सुवाश चन्द्र ढुंगानाले सेयर बजारमा पोजेटिम सर्किट लागेको भोलिपल्ट बजार घट्नु सामान्य भएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै लगानीकर्ता ढुंगानाले पोजेटिभ सर्किट लागेको भोलिपल्ट बजार घट्नु समान्य भएको बताएका हुन् ।

उनले विगतमा पनि पोजेटिभ सर्किट लागेको भोलपल्ट बजार घटेको इतिहास स्मरण गर्दै यसलाई सेयर बजारमा सामान्य करेक्सनका रुपमा मात्रै लिनुपर्ने बताएका छन् । ‘यो भन्दा अघि पनि पोजेटिभ सर्किट लागेको भालिपल्ट सामान्य १५ अंकको करेक्सन आएको थियो ।’, उनले भने, ‘१०० अंकले बढेको बजारमा १५ अंकको करेक्सन आउनु सामान्य थियो । यसपाली पनि पोजेटिभ सर्किट लागेको भोलिपल्ट बजार केही घट्यो भने आत्तिनुपर्दैन, त्यो सामान्य हुन्छ ।’

त्यस्तै, विगतमा पोजेटिभ सर्किट लागेको भोलिपल्टै नेगेटिभ सर्किट नै लागेको इतिहास स्मरण गर्दै लगानीकर्ता ढुंगानाले बढेको मार्केटमा भोलिपल्ट सेलिङ आउनु स्वभाविक भएकोले बजार घट्दा पनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । लगानीकर्ता ढुंगानासँगको अन्तर्वार्ताः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK