काठमाडौं। पोजेटिभ सर्किट लागेको भोलिपल्ट अर्थात् मंगलबार सेयर बजारमा ७०.३१ अंकको करेक्सन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१६ कम्पनीको एक करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, हिमालयन ८०-२०, महिला लघुवित्त वित्तीय संस्था, मोलुङ्ग हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र मोलुङ्ग हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बोटलर्स नेपालमा यस्तो गिरावट आउँदा जोशी हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), प्रभु इन्स्योरेन्स र बिपीडब्लु लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्