काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०८ कम्पनीको ९१ लाख ३८ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा दोल्ति पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।यस अलवा स्वरोजगार लघुवित्त विकास बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रकचर र नेपाल रिपब्लिक मिडियामा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । मोलुङ हाइड्रोपावर कम्पनीमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, गुराँस लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्