×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसअघि वर्षमान अर्थमन्त्री हुँदा बढेको थियो सेयर बजार, दोहोरिएला ईतिहास ?

PRIME CA

यसअघि वर्षमान अर्थमन्त्री हुँदा बढेको थियो सेयर बजार, दोहोरिएला ईतिहास ?

अर्थ सरोकार

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार

काठमाडौँ । १२ वर्षपछि अर्थमन्त्रीमा ‘कमब्याक’ गरेका वर्षमान पुनको कार्यकालमा सेयर बजार के होला ? भन्ने प्रश्न सेयर लगानीकर्ताहरुको छ । बुधबार नयाँ सत्ता समिकरणबाट वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएपछि ९.३३ अंकले बढेर सेयर बजारले नयाँ अर्थमन्त्रीका रुपमा पुनलाई ‘ग्रिन कार्पेट’ले स्वागत गर्यो । योसँगै लगानीकर्तामा अर्थमन्त्री पुनको कार्यकालभरी सेयर बजार कता जाला ? भन्ने प्रश्न स्वभाविक रुपमा उब्जिएको छ ।

यसो त अर्थमन्त्री पुनको विगतलाई फर्केर हेर्ने हो भने, यसअघि उनी अर्थमन्त्री बनेको समयमा सेयर बजार राम्रै अंकले बढेको थियो ।

पुन यसअघि वि.सं.२०६८ भदौ १८ गते अर्थमन्त्रीमा नियुक्त भएका थिए । त्यसबेला सेयर बजार मापक नेप्से परिसूचक ३३९ बिन्दुमा थियो । उनकै कार्यकालमा न्युनतम २९९ बिन्दुमा पुगेको सेयर बजार उनकै कार्यकालमा उच्चतम बिन्दु ५५५ मा पुगेको थियो । त्यसपछि वि.सं. २०६९ चैत ४ गते अर्थमन्त्री पुनको कार्यकाल सकिँदै गर्दा बजार ५३५ बिन्दुमा पुगेको थियो ।

यसअघि पुन अर्थमन्त्री हुँदा बजार बढेको इतिहास भएकाले पनि यसपाली उनको कार्यकालमा सेयर बजार बढ्ने अनुमान लगानीकर्ताहरुको छ ।

यसै पनि अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा थुप्रै कुरा सुधार गर्नुपर्ने र आफने कार्यकालमा सेयर बजार लयमा फर्काउने प्रतिबद्धतासमेत जनाएका छन् । यसले पनि सेयर लगानीकर्ताको मनोबल थप बलियो बनाएको छ । यही कारण १२ वर्षअघि वर्षमान पुन अर्थमन्त्री हुँदा सेयर बजार बढेको इतिहास १२ वर्षपछि पनि दोहोरिनेमा लगानीकर्ता आशावादी छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: