×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारप्रति अर्थमन्त्री साह्रै पोजेटिभ, पोलिसी पनि पोजेटिभ आए बजारको यात्रा माथि नै हो’: बिमोददेव पन्त

PRIME CA

‘सेयर बजारप्रति अर्थमन्त्री साह्रै पोजेटिभ, पोलिसी पनि पोजेटिभ आए बजारको यात्रा माथि नै हो’: बिमोददेव पन्त

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले सेयर बजारमा लगानीकर्ताको ‘सेन्टिमेन्ट’ पोजेटिभ भएको बताएका छन् । अर्थ सरोकार डटकमको कार्यक्रम ‘स्टक चार्ट विथ बिमोददेव पन्त’मा बोल्दै उनले नयाँ सरकार गठनसँगै अर्थमन्त्री बनेका वर्षमान पुनको सेयर बजारप्रतिको अभिव्यक्तिका कारण बजारमा लगानीकर्ताको ‘सेन्टिमेन्ट’ पोजेटिभ भएको बताएका हुन् ।

यतिसम्म कि अघिल्लो साता सेयर बजारमा देखिएको ‘पोजेटिभ सर्किट’ पनि सरकार परिवर्तनको विषयले बजारमा बनाएको सकारात्मक माहोलको प्रवाभ भएको पन्तको भनाई छ ।

‘सर्किट लगाउन त्यति सजिलो छैन, अझ नेप्सेमा त झनै सजिलो छैन तर सर्किट लाग्यो । यसको अर्थ सेयर बजारमा एकाएक लगानीकर्ता र ट्रेडरको सेन्टिमेन्ट पोजेटिभ भयो भन्ने बुझ्नुपर्छ ।’, उनले भने, ‘करिब ३ महिनापछि लगानीकर्ताले सेयर बजारमा देखेको पोजेटिभ सर्किट सरकार परिवर्तनकै कारण हो ।’

त्यस्तै, प्राविधिक विश्लेषक पन्तले नयाँ अर्थमन्त्री वर्षमान पुन पनि सेयर बजारप्रति साह्रै सकारात्मक देखिएको र सेयर बजारको विकास र सुधारका लागि दिएका अभिव्यक्ति सेयर बजारको लागि ठूलो विषय भएको बताएका छन् । अर्थमन्त्रीले दिएका अभिव्यक्ति पोलिसीका रुपमा हेर्न पाए सेयर बजारको भविष्य सुन्दर भएको पन्तले बताएका छन् । पन्तसँगको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: