×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २२.१० अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

आइतबार २२.१० अंकले बढ्यो नेप्से परिसूचक

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०४ कम्पनीको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा जाल्पा सामुदायिक, महुली लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, जोशी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन रिइन्स्योरेन्स र घोराही सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । चिरख्वा हाइड्रोपावरमा यस्तो गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड-२ र मध्येभोटे कोशी जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: