×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सनमा अर्थमन्त्रीः पूँजीबजारका समस्या र समाधानबारे कार्ययोजना पेश गर्न नेप्से, सेबोन र सिडिएससीलाई निर्देशन

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार

PRIME CA

एक्सनमा अर्थमन्त्रीः पूँजीबजारका समस्या र समाधानबारे कार्ययोजना पेश गर्न नेप्से, सेबोन र सिडिएससीलाई निर्देशन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पूँजीबजारका समस्या र समाधानबारे सुझाव पठाउन नियामक निकायहरुलाई निर्देशन दिएका छन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नाममा पत्र पठाउँदै अर्थमन्त्री पुनले पूँजीबजारको सुधारका लागि आवश्यक कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्रीले नियामकहरुलाई त्यस्तो सुझाव बुझाउनका लागि ७ दिनको समय दिएका छन् ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएको समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सरोकारवालाहरुको रायसमेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नहुन अनुरोध छ ।’, अर्थमन्त्रालको पत्रमा उल्लेख छ । यस्तो छ अर्थ मन्त्रालयको पत्र:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: