×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकपछि अर्को सेयर बजारमैत्री कदम चाल्दै अर्थमन्त्री, सेबोनलाई यस्तो निर्देशन, लगानीकर्ता खुसी ! (भिडियो)

PRIME CA

एकपछि अर्को सेयर बजारमैत्री कदम चाल्दै अर्थमन्त्री, सेबोनलाई यस्तो निर्देशन, लगानीकर्ता खुसी ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौँ । अर्थमन्त्रालयको कमाण्ड सम्हाल्नेबित्तिकै अर्थमन्त्री बर्षमान पुन सेयर लगानीकर्ताहरुको अपेक्षाभन्दा पनि एक कदम अगाडी सरेर सेयर बजार बिकासका लागि सक्रिय देखिएका छन् । पदभार ग्रहण गर्दा नै सेयर बजारप्रति आफु सकारात्मक रहेको र बजारका समस्याहरुलाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका अर्थमन्त्री पुनले त्यसको भोलिपल्ट सेयर बजारका लगानीकर्ताहरुलाई बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । त्यसको केहि दिनपछि नै अर्थमन्त्री पुनले नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरी सेयर बजारको सुधारका लागि आवश्यक कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएको समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सरोकारवालाहरुको रायसमेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नहुन अनुरोध छ ।’, अर्थमन्त्रालले विभिन्न निकायलाई पठाएको पत्रमा भनिएको छ ।

अर्थमन्त्रीले पदभार ग्रहण गर्दा दिएको अभिव्यक्तिले उत्साहित भएका सेयर लगानीकर्ताहरु मन्त्रालयको यस्तो पहलबाट थप उत्साहित बनेका छन् । नियामकहरुलाई आवश्यक सुझाव बुझाउनका लागि ७ दिनको समय दिएका अर्थमन्त्रीले ६० लाख लगानीकर्ताहरु भएको सेयर बजारको बिकास र विस्तारका लागि सरकारले लिनुपर्ने पहलकदमी लिने, राष्ट्र बैंक लगायतका अन्य नियामकहरुसँग आवश्यक समन्वय गर्ने र आवश्यक परे निर्देशन दिन सरकार कटिबद्ध रहेको यसअघि नै बताईसकेका छन् । अर्थमन्त्रीको आश्वासनको सकारात्मक प्रभाव आइतबारको बजारमा देखिसकिएको छ ।

यता यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले अड्काएर राखेर ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णयको फाइल पनि अर्थमन्त्री पुनले अगाडी बढाउने भएका छन् । केहि समय बोर्डले पुनः सेयर कारोबारमा लाग्ने कमिसन घटाउने निर्णय गरेर सो निर्णय स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । तर तत्कालिन अर्थमन्त्री प्रकाश शरण महतले त्यसलाई अड्काएर राखेका थिए ।

यता अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंकका गभर्नरसँग राष्ट्र बैंकले जारी गरेका नीतिका कारण सेयर बजारमा आएको समस्याका बारे गभर्नर महाप्रसाद अधिकारीसँग पनि विशेष छलफल गर्ने भएका छन् । यसो त गभर्नर अधिकारीले यसअघि नै अर्थमन्त्री पुनसँग मिलेर अगाडी बढ्न आफु र राष्ट्र बैंक तयार भएको सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।

सेयर बजारप्रति अहिलेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको नकारात्मक टिप्पणीपछि समग्र माओवादी केन्द्र प्रति नै आक्रोशित बनेका सेयर लगानीकर्ताहरु बर्षमानको पहलकदमीमा भने खुसी देखिएका छन् । सेयर बजारप्रति बर्षमान पुनको निरन्तरको चासो र सुरुवाती कामले सेयर बजारमा माओवादी केन्द्र प्रतिको धारणा नै परिवर्तन हुन सक्ने जानकारहरु बताउँछन् । अर्थमन्त्री पुनले थालेको यस्तो सकारात्मक कदमले यसअघि प्रचण्डले दिएको सेयर बजार सट्टाबजार हो भन्ने नकारात्मक धारणालाई पनि बिर्साउन सक्ने आंकलन सेयर बजारका जानकारहरुले गरेका छन् । यद्यपी पहलकदमी अनुसारको नतिजा कस्तो देखिन्छ, त्यो भने हेर्न बाँकी नै छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: