काठमाडौं। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड १९ लाख ३३ हजार ७ सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड १९ लाख ३३ हजार ७ सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल र हिमालयन डिष्टिलरीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन ८०-२०का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको हो । हिमालयन ८०-२० मा यस्तो गिरावट आउँदा मोलुङ्ग हाइड्रोपावर, न्यादी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट र चिरख्वा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्