×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार सेयर बजारमा २.४८ अंकको करेक्सन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार सेयर बजारमा २.४८ अंकको करेक्सन

Artha Sarokar

३० फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र गुर्खाज फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, अपर तामाकोशी, गुर्खाज फाइनान्स र ङ्गादि ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । अपर तामाकोशीमा यस्तो गिरावट आउँदा दोर्दी खोला जल विद्युत, सिद्धार्थ इक्वटी फण्ड, बलेफी हाइड्रोपावर र नबिल ब्यालेन्स फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी