काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मानुषी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ सय ६० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, लाइप इन्स्योरेन्स कर्पोरेसन नेपाल र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्