×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १०.६२ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार १०.६२ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, घोराही सिमेन्ट, गुर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तीय संस्था, युनिअन हाइड्रोपावर, सनराइज फिर्स्ट म्युचुअल फण्ड र दोलती पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी