काठमाडौँ । गत फागुन महिनामा सेयर बजारबाट लगानीकर्ताले ४० अर्ब रुपैयाँ कमाएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकअनुसार फागुनमा सेयर लगानीकर्ताहरुले दोस्रो बजारको कारोबारबाट ४० अर्ब ७६ करोड रुपैयाँ कमाएको देखिएको हो ।
त्यस्तै, लगानीकर्ताले कुल ४० अर्ब रुपैयाँ कमाउँदा सरकारलाई फागुनमा मात्रै कुल ४४ करोड ९२ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.६४ प्रतिशत कम हो ।
सिडिएससीका अनुसार फागुन महिनामा सेयर बजारको दोस्रो कारोबारबाट दीर्घकालीन सेयर लगानीकर्ताले १३ अर्ब ४१ करोड रुपैयाँ मुनाफा गरेका छन् । जसबाट लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर सरकारलाई तिरेका छन् । त्यस्तै, अप्लकालीन लगानीकर्ताले भने फागुनमा २४ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाउँदा ७ प्रतिशत अर्थात २५ करोड १० लाख रुपैयाँ पूँजीगत लाभर तिरेका छन् ।
त्यस्तै, फागुन महिनामा दुई अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभरबापत हुने सात करोड ३० लाख रुपैयाँ सरकारलाई तिरेका छन् ।
सिडिएससीका अनुसार चालु आर्थिक वर्षका पछिल्लो ८ महिनामा सरकारले पूँजीगत लाभकरबापत तीन अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । जबकी गत अर्थिक वर्षको सोही अवधिमा सेयर लगानीकर्ताहरुले पूँजीगत लाभकरबापत सरकारलाई एक अर्ब ७५ करोड रुपैयाँ तिरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्