×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ६.२४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार ६.२४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बुद्धभूमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्वोत्तम सिमेन्ट, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, गुर्खाज फाइनान्स, घोराही सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ मा यस्तो गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, मैलुंग खोला जल विद्युत कम्पनी, नेपाल हाइड्रो डेभ्लपर्स र कर्णाली डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी