काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, फिर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र अपर तामाकोशी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बोटलर्स नेपाल बालाजु लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । बोटलर्स नेपाल बालाजुमा यस्तो गिरावट आउँदा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, भगवती हाइड्रोपावर डेभलपमेन्ट, रिलायन्स फाइनान्स र नेपाल फाइनान्स मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्