काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, मंगलबार सबैभन्दा बढी नाफा दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्वोत्तम सिमेन्ट, वीन नेपाल लघुवित्त, पिपुल्स पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर र रिभर फल्स पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स, जोशी हाइड्रोपावर, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र दोल्ती पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९.३५ प्रतिशतले घटेको हो । धौलागिरी लघुवित्तमा यस्तो गिरावट आउँदा भगवती हाइड्रोपावर, कुमारी धनबृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड-२ र मानुषी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्