×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १७.३० अंकले घट्यो नेप्से परिसूचक

PRIME CA

आइतबार १७.३० अंकले घट्यो नेप्से परिसूचक

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गरिमा डेबेन्चर २०८५, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, ज्योति विकास बोन्ड २०८७, मन्दाकिनी हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रकशनका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार  सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, रिभर फल्स पावर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो। सर्वोत्तम सिमेन्टमा यस्तो गिरावट आउँदा बोटलर्स नेपाल बालाजु लिमिटेड, सिवाईसी नेपाल लघुवित्त, थ्री स्टार हाइड्रोपावर र किसान लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: