सेयर बजारमा विद्यार्थी, गृहिणी, कर्मचारी, उद्योगी, व्यवसायी, कलाकार, राजनितिकर्मीदेखि हरेक क्षेत्रमा आबद्धले कारोबार गर्न सक्छन् र गरिरहेकै हुन्छन्। यसको लागि भएको नियमित आम्दानीको स्रोत नै छाडेर दौडनुपर्छ भन्ने हुँदैन।
हामीले अन्य क्षेत्रबाट नियमितरुपमा हुने कमाइको केही अंश बचत गरेर त्यसलाई सेयर बजारमा लगानी गरी लगानीलाई बढाउँदै जाने सोच राख्नुपर्छ। भर्खर बजार प्रवेश गरेकालाई थाहा नहोला तर बजारले कहिलेकाहीँ थाम्नै नसकिने खुशी दिन्छ भने कुनै समय सहनै नसक्ने पीडा पनि दिन्छ। यही तथ्यलाई मनन गर्दै नियमित आम्दानीलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ।
धेरैको जिज्ञासा हुन्छ, ‘के सेयर बजारलाई नै पूर्णकालीन पेसा बनाउन सकिन्छ?’
सकिन्छ। तर कसका लागि उपयुक्त हुन्छ त बजारमा पूर्णकालीनरुपमा लाग्न? यो बुझ्न अतिआवश्यक छ।
यदि तपाईँले दीर्घकालीन हिसाबले लगानी गर्नुभएको कम्पनीहरुले वार्षिकरुपमा दिने लाभांशले राम्रैसँग वार्षिक घर खर्च चल्छ अनि कारोबारको लागि छुट्टै फण्ड छ भने सबै छाडेर पूर्णकालीनरुपमा सेयर बजारमै लाग्न सक्नुहुन्छ।
कुनै पनि क्षेत्रबाट रिटायर्ड व्यक्तिका लागि पनि सेयर बजार पूर्णकालीनरुपमा लाग्नको लागि उपयुक्त हुनसक्छ। लामो समय सेवा क्षेत्रमा बिताएकाहरुको लागि सेयर बजार सहज र समय काट्न सजिलो क्षेत्र हो।
थोरै समय दिए पुग्ने हुँदा घरको कामकाज सकेर आफ्नो बचत परिचालन गर्नको लागि गृहिणीहरुको लागि पनि पूर्णकालीनरुपमा लाग्नको लागि सहज क्षेत्र भनेको सेयर बजार नै हो।
यदि लगानीको लागि पर्याप्त रकम छ र तपाईँ सेयर बजारसम्बन्धी अध्ययन अनुसन्धान, शोध गर्ने, एड्भाईजरीको काम गरेर आयआर्जन गर्ने सक्नेहरुको लागिसमेत पूर्णकालीनरुपमा सेयर बजार नै उपयुक्त हुन्छ।
सेयर बजारसँग सम्बन्धित संस्थाहरु जस्तै मर्चेण्ट बैंक, ब्रोकर कम्पनी, इन्भेष्टमेन्ट कम्पनीमा काम गर्नेहरु यसै पनि सेयर बजारमै पूर्णकालीनरुपमा रहेका हुन्छन्।
बजारमा पूर्णकालीनरुपमा लाग्न कसको लागि अनुपयुक्त?
विद्यार्थी जो आफ्नो अध्ययनसँगै आफ्नो बचतलाई सेयर बजारमा लगाउँदै आएका हुन्छन्, अध्ययनकालमा उनीहरुले पूर्णकालीन रुपमा सेयर बजारमा प्रवेश गर्नेबारे सोच्नु पनि हुँदैन।
सीमित रकम लिएर पूर्णकालीनरुपमा बजार छिरेर ट्रेडिङ मात्र गरेर कमाउँछु भन्नेहरुको लागि पनि उपयुक्त नहुन सक्छ।
निजी तथा सरकारी सेवामा कार्यरत व्यक्तिहरुले आफ्नो नियमित कार्यसँगै सजिलै सेयर कारोबार गर्न सक्ने हुँदा काम नै छाडेर सेयर बजारमै पूर्णकालीनरुपमा लाग्न आवश्यक हुँदैन।
सृजनात्मक काममा लागेकाहरु जस्तै कलाकार, गायक, संगीतकार, चित्रकार आदिले आफ्नो कर्म नछाडी आफ्नो सृजनालाई दिन प्रतिदिन निखार्दै सेयर बजारबाट पनि मनग्य कमाएका उदाहरणहरु पनि प्रशस्तै भेटिन्छन्।
कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लाग्दै सेयर बजारमा पनि आफ्नो उपस्थिति जनाउँदै आएकाहरुमा पनि सबै छाडेर सेयर बजारमै लाग्छु भन्ने सोच पलायो भने अवस्था कस्तो होला?
उद्योगी, व्यापारी, स्वरोजगारीहरुले पनि आफ्नो कर्मलाई निरन्तरता दिँदै दोहोरोरुपमा सेयर बजारबाट पनि राम्रै आम्दानी गर्ने हुँदा सबै छोडेर सेयर बजारमै केन्द्रित हुनु जरुरी छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्