×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्लब हाउसको भेला र शिवचन्द्रले देखेको गोटीको खेला

PRIME CA

क्लब हाउसको भेला र शिवचन्द्रले देखेको गोटीको खेला

अर्थ सरोकार

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार

काठमाडौँ । आजभोलि सेयर बजारको कारोबार समयमा भन्दा सेयर लगानीकर्ताहरु रातीराती क्लब हाउसमा झुम्मिरहेका हुन्छन् । यतिसम्मकि, कतिपय लगानीकर्ताका लागि त क्लब हाउस, दैनिकी नै भईसकेको छ । कतिपय लगानीकर्ताहरु ज्ञान अभिवृद्धिका लागि क्लब हाउसमा स्रोता बनिरहेका छन्, त कतिपय आफुले किनेको सेयरको प्रचारप्रसार गर्न र आफुले बेचेको सेयरको नेगेटिभ मार्केटिङ्ग गर्ने थलो बनाईरहेका छन् क्लब हाउसलाई । क्लब हाउसमा भएको गलत प्रवृतिलाई व्यंग्य गर्दै पूराना लगानीकर्ता शिव चन्द्रले एउटा कथा प्रस्तुत गरेका छन् । जुन कथालाई सम्झिएर उनले भनेका छन् –‘तीन गोटीको खेला जस्तै क्लब हाउसको भेला’

शिवचन्द्रले भनेको कथा यसरी सुरु हुन्छः
करिव ८-१० बर्ष अगाडीको कुरा हो, चावाहिलस्थित गणेश मन्दिरको पश्चिमपट्टी सडक छेउमा भिड लागेको थियो । केको भिड रहेछ भनेर नजिक पुगेर हेर्दा, त्यहाँ एक व्यक्ति रुमाल विछ्याएर त्यसमाथि तीन वटा क्यारेमबोर्डको गोटी यताउता सार्दै अदलबदल गर्दै थिए । त्यही भिडबाट केहि व्यक्तिहरु बाजी लगाउँदै चिन्ह भएको गोटी यो हो भन्दै त्यसमाथि पैसा राख्दै थिए । गोटी फर्काउँदै ती व्यक्ति ‘ल तपाईंले जित्नुभयो’ भनेर रु.१०० राख्नेलाई १०० नै थपेर ५०० राख्नेलाई ५०० नै थपेर फिर्ता गर्दै थिए । यत्तिकैमा एक बृद्दले हौसिएर २०० को बाजी लगाए । खेलाउने व्यक्तिले ‘ल बाजे तपाईंको पैसा गयो चिन्ह भएको गोटी त यहाँ छ !’ भनेर २०० खल्तीमा हालेपछि बाजे अमिलो मुख लगाउँदै आफ्नो बाटो लागे ।

लगातार जित्ने २ जनाको अनुहार यसो नियाँलेर हेरेँ । अनि खेलाउनेको अनुहार पनि हेरेँ । तिनै जनाको अनुहार ठ्याक्कै उस्तै थियो । यत्तिकैमा २ जनामध्ये एक जनाले भन्यो– ‘दाई पुलिस आको जस्तो छ भागौँ’

यत्तिकैमा रुमाल, गोटी र पैसा टिपेर ती गोटी खेलाउनेहरु बुर्कुसी मार्दै भागे ।

शिवचन्द्रले यो विषयलाई क्लव हाउससँग जोडेका छन् ।

उनी भन्छन्- ‘सेयर बजारसम्बन्धि छलफल गर्न खोलिएको क्लब हाउस ग्रुपमा केहि व्यक्तिहरुको समूह मिलेर कुनै कम्पनीको सेयर तथा समुह बिशेषलाई लिएर निकै नै प्रचार प्रसार गर्ने गरेको पाईन्छ । एउटा व्यक्तिले उठाएको बिषयलाई उसैको समुहको अरु व्यक्तिहरुले प्रश्न गर्ने, त्यो कम्पनीको चर्चा परिचर्चा गर्ने गर्दछन् !’

‘सर फलानो कम्पनी किनेको म त चुर्लुम्म डुबें नि ! अब के गर्ने होला?’ भनेर विद्यार्थीको प्रश्न सुनेर सरले बडो गर्वका साथ आफुले भनेको कम्पनी किन्न सुझाउछन् । यत्तिकैमा अर्को बिद्यार्थीको प्रश्न आउँछ ’सर अनि यसको टार्गेटचाहिँ कति ?’ सरले ६००मा चलिरहेको कम्पनीलाई १५०० भनेर आफ्नै गोजीबाट झिकेझैँ गरेर गज्जबको टार्गेट सेट गरिदिनुहुन्छ ।

यसरी सर र बिद्यार्थीहरु अघि भनेझैँ तीन गोटीको खेला देखाउने तीन दाजुभाई र छलफललाई चाख मानेर सुनिरहेका अरु सोझासाझाहरु भने ३ गोटीको खेलामा २०० गुमाउने ती वृद्ध बाजेकै भूमिकामा रहेका हुन्छन् ।

शिवचन्द्रले भनेका छन् यो उदाहरण कुनै व्यक्ति केन्द्रीत नभई प्रवृति केन्द्रीत हो । क्लब हाउस नराम्रो हैन सही रुपमा प्रयोग र सदुपयोग गर्न सके सिक्ने र सिकाउनेहरुको लागी राम्रो प्लेट्फर्म हो क्लब हाउस लगायतका सामाजिक संजाल ।

तपाईं पनि कतै ती बाजेजस्तै वेवकुफ त बनिरहनुभएको छैन ? ख्याल गर्नुहोला । बजारमा घाटा खानेहरु भनेका अरुको पछि लाग्नेहरु नै हुन् । बुझेर, सोचेर मनन गर्नेहरुका लागि त सेयर बजार सुन्दर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: