×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करीमा पूर्व उपराष्ट्रपति पुनका दुई छोराकै संलग्नता पुष्टी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुन तस्करीमा पूर्व उपराष्ट्रपति पुनका दुई छोराकै संलग्नता पुष्टी !

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका दुई छोराकै संलग्नता पुष्टि भएको छ । सुन तस्करी प्रकरणमा पुनका छोरा दीपेश पुन र जितेन्द्र पुनको संलग्नता पुष्टि भएको हो । माओवादी निकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेशको भने यसअघि नै सुन तस्करीमा संलग्नता भेटिएको थियो ।

यसो त जितेन्द्रले अवैध सुनको कारोबार गर्नकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए । सोही परिचय पत्र, प्रहरी तथा नगरपालिकाबाट बनाएको नाता प्रमाण र आफ्नो बाबुको पदको दुरुपयोग गर्दै उनले तिब्बती नाकाबाट सुन तस्करी गर्ने गरेको खुलेको छ ।

यतिसम्म कि सुनको कारोबारमा चिनियाँ नागरिकलाई विश्वास दिलाउनका लागि जितेन्द्रले उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र पनि प्रयोग गरेको पाइएको छ ।

उनले चिनियाँ व्यापारीसँग उधारोमा किनेको चार किलो सुनको करिब अढाई करोड रुपैयाँ नतिर्दा र पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि सुन तस्करीमा उनको संलग्नताबारे तथ्य छताछुल्ल भएको हो । जितेन्द्रलाई उधारोमा सुन दिएका चिनियाँ व्यापारीका अनुसार जितेन्द्रले उक्त उधारो रकमको ब्याज दैनिक २० हजार र वर्षभरीको ७१ लाख रुपैयाँ निर्धारित गरिएको थियो । उनीहरुले पूर्वउपराष्ट्रपति पुन र उनका छोराले आफूहरुलाई ठगेको आरोप लगाएका छन् ।

पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दीपेश पुन भने गत असारमा हङकङकबाट ‘बे्रेक शु’मा लुकाएर तस्करी गरिएको ६१ किलो सुन र दुबईबाट विद्युतीय चुरोटमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका थिए । उनलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सामान्य बयान कागज मात्रै गराएको छोडेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: