Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको टावरमा ‘कुकर बम’ विस्फोट !

अर्थ सरोकार

काठमाडौँ । सिन्धुलीमा नेपाल टेलिकमको टावरमा विस्फोट भएको छ । शुक्रबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको टेलिकमको टावरमा विस्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोटपछि घटनास्थलमा गरिएको प्रारम्भिक जाँचबाट टावरमा कुकर बम विस्फोट भएको खुलेको छ । विस्फोटबाट नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ ।

विस्फोटका कारण टावरमा क्षति भएकाले नेटकर्वमा केही असहजता देखिनसक्ने बताइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । हाल विस्फोटमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK