×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी, व्यवसायीले राती र दिउँसोको मूल्य फरक गर्न नपाउने !

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार

PRIME CA

ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी, व्यवसायीले राती र दिउँसोको मूल्य फरक गर्न नपाउने !

काठमाडौँ । सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी गरेको छ । सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको २४सै घण्टा व्यापार–व्यवसाय सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौँले यसको तयारी थालेको छ ।

ठमेल र दरबारमार्ग २४सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ । सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी रहेको बताएका छन् । उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताएका छन् ।

बस्नेतले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीयहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताएका छन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातीको मूल्य फरक बनाउन नपाउने उल्लेख गरेका छन् । उनले यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए ।

त्यस्तै, २४सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् । साथै अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने पनि बस्नेतले बताएका छन् । व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदुषण गर्न नपाउने पनि प्रजिअ बस्नेतले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: