×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा हकप्रद सूचीकृत भएसँगै अपर तामाकोशीको सेयर मूल्यमा भीषण पहिरो, खरिदकर्ता नै भेटिएनन् !

अर्थ सरोकार

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार

PRIME CA

नेप्सेमा हकप्रद सूचीकृत भएसँगै अपर तामाकोशीको सेयर मूल्यमा भीषण पहिरो, खरिदकर्ता नै भेटिएनन् !

काठमाडौँ । १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसँगै अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बुधबार बजार खुल्नेबित्तिकै कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको हो । नेगेटिभ सर्किट लागेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०.४० रुपैयाँ घटेर १८३.६ रुपैयाँमा पुगेको छ ।

कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर यहिसाता नेप्सेमा सूचीकृत भएको थियो । तामाकोशी नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखिए पनि खरिदकर्ता भने शून्य रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी २५ करोड ७६ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।

स्मरण रहोस्, यो त्यही कम्पनी हो जसका सञ्चालकहरु कम्पनी नोक्सानीमा रहँदा पनि अध्ययन÷अनुगमनका नाममा अष्ट्रेलिया भ्रमणमा गएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: