×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अब बहुउद्धेश्यीय सहकारीको काम छैन’- डा.युवराज खतिवडा

PRIME CA

‘अब बहुउद्धेश्यीय सहकारीको काम छैन’- डा.युवराज खतिवडा

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बहुउद्धेश्यीय सहकारीहरुको काम नभएको बताएका छन् । काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने खतिवडाको भनाई छ ।

पूर्वअर्थमन्त्री डा.खतिवडाले बहुउदेश्यीय सहकारीको नाममा एकल उद्धेश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गरेका छन् । अब बहुउद्धेश्यीय सहकारीलाई क्षेत्रगत र उद्धेश्य केन्द्रित बनाउन जरुरी रहेको पनि बताएका छन् । ‘बहुउद्धेश्यीय सहकारी भनेको पनि काम छैन । एकल उद्धेश्य लिएर बहुउद्धेश्यीय सहकारीको नाम लिँदै हिँडेर जनतालाई झुक्याउनेहरुको पनि काम छैन ।’, उनले भने, ‘बहुउद्धेश्यीय सहकारीहरुलाई मौका दिनुपर्छ । बचत, ऋण, कृषि, उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ भने ठिक छ, होइन भने अहिलको जसरी काम नगरौँ ।’

त्यस्तै, सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको पनि डा.खतिवडाले बताएका छन् । उनले पछिल्लो समय बहुउद्धेश्यीय सहकारीका नामम नेटवर्किङ गरेर व्यवसाय मात्रै बनाए सहकारीको अस्तित्व २०२५ मा नै सकिने दाबी गरेका छन् ।

पछिल्ला दिन नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको खतिवडाले उल्लेख गरेका छन् ।

साथै सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको पनि डा.खतिवडाले बताएका छन् । उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने र स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: