×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन युवराज सफलले दिए निवेदन, भने- ‘नहटाए प्रधानमन्त्रीलाई समेत विपक्षी बनाउँछु’

PRIME CA

रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन युवराज सफलले दिए निवेदन, भने- ‘नहटाए प्रधानमन्त्रीलाई समेत विपक्षी बनाउँछु’

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री र उपसभापति डिपी अर्याललाई श्रममन्त्रीबाट हटाउन प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ । स्वार्थको द्वन्द हुनेगरी मन्त्रालयको जिम्मा दिइएको भन्दै रविलाई गृहमन्त्री र अर्याललाई श्रममन्त्रीबाट हटाउन युवराज सफलले निवेदन दिएका हुन् ।

उनले रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले गृहमन्त्रीमा रहँदा उक्त मुद्दाको अनुसन्धानमा प्रभाव पार्न तथा प्रमाण नष्ट गर्न सक्ने भन्दै गृहमन्त्रीबाट हटाउन निवेदन दिएका हुन् ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको र सम्पत्ति शुद्धिकरण विभागको पनि अनुसन्धान चलिरहेकोले प्रमाण नष्ट गर्न सक्ने पनि निवेदनमा उल्लेख छ ।

यता श्रममन्त्री डिपी अर्याल मेनपावर व्यवसायीको रुपमा काम गरेको र हाल पनि मेनपावर कम्पनीको जिम्मेवार पदमा रहेकोले उनैलाई श्रममन्त्री बनाउँदा स्वार्थको द्वन्द हुने भन्दै युवराज सफलले मन्त्री पदबाट हटाउन माग गरेका छन् । सँगै उनले दुई मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरे प्रधानमन्त्रीलाईसमेत विपक्षी बनाएर कानुनी उपचार जाने चेतावनी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: