×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एप्पलको वर्षौं पुरानो २ प्रोजेक्ट बन्द, सयौँ कर्मचारीको जागिर खोसियो, अर्बौं लगानी स्वाहा !

PRIME CA

एप्पलको वर्षौं पुरानो २ प्रोजेक्ट बन्द, सयौँ कर्मचारीको जागिर खोसियो, अर्बौं लगानी स्वाहा !

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अमेरिकी चर्चित ब्राण्ड एप्पलले ६ सय भन्दा धेरै कर्मचारी बर्खास्त गरेको छ । कम्पनीले कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट नै बन्द गरेपछि त्यहाँ काम गर्ने कर्मचारीहरुलाई निकालेको हो ।

एप्पलले ६ सय भन्दा धेरै कर्मचारी बर्खास्त गरेको जानकारी एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागमा बुझाएको फाइलमा उल्लेख छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एप्पलले कार परियोजनामा संलग्न कर्मचारी र नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने कर्मचारीलाई बर्खास्त गरेको हो ।

एप्पलले बन्द गरेको कार प्रोजेक्ट १० वर्ष पूरानो प्रोजेक्ट हो । जसमा कम्पनीले अरबौँ डलर लगानी गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: