×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

Artha Sarokar

१९ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्लाही । प्रहरीले मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका-९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी