काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन अमेरिका गएका हुन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री पुनसहित चार सदस्यीय प्रतिनिधिमण्डलको टोली सोमबार बिहान २ बजे अमेरिकाका लागि प्रस्थान गरेका हुन् ।
तीन दिने अमेरिका भ्रमणमा अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव भुपालराज शाक्य रहेका छन् ।
अमेरिका भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंककै कार्य सञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकको विकास वित्त परिचालन हेर्ने आकिहिको निसिओ, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तराष्ट्रिय मुद्रा कोषका सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, भ्रमणमा मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुसँग पनि भेट्ने कार्यतालिका रहेको अर्थमन्त्रीको सचवालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्