×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनले १ अर्ब खाए भन्ने कर्मचारीविरुद्द साइबर अपराधमा मुद्दा

PRIME CA

बालेनले १ अर्ब खाए भन्ने कर्मचारीविरुद्द साइबर अपराधमा मुद्दा

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । निलम्बनमा परेका काठमाडौँ महानगरपालिकाका कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ । महानगरको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध साइबर अर्थात विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाइएको हो । उनी ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ का बासिन्दा हुन् ।

मेयर बालेन्द्र शाह (बालेन)ले १ अर्ब रुपैयाँ खाएको भन्दै सामाजिक सञ्जालमा लेखेर चरित्र हत्या गर्न खोजेको भन्दै मेयर शाहका तर्फबाट सस्मित पोखरेलले पौडेलविरुद्ध जाहेरी दिएका थिए ।

पौडेलले फेसबुकमा मेयर शाहले आफूखुुी सयौँ कर्मचारी नियुक्त गरेको र एक अर्ब रकम खाएको भन्दै आरोप लगाएका थिए । तर, पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लगाएको उक्त आरोप तथ्यहीन र झुठो भएकोले यसले मेयर शाहको अपमान गरेको भन्दै पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका पौडेललाई महानगरले २०८० पुष १६ गते निलम्बन गरेको थियो ।

यसो त पौडेललाई जिल्ला अदालत काठमाडौँले २०७७ माघ ५ गते झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर गर्दै २५ हजार जरिवाना सुनाएको थियो । हाल पौडेल सम्पर्कविहीन भएपछि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: