×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयको निर्णयले बैंकहरुबाट अर्बौं निक्षेप बाहिरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ मन्त्रालयको निर्णयले बैंकहरुबाट अर्बौं निक्षेप बाहिरियो

Artha Sarokar

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने अर्थ मन्त्रालयको निर्देशनसँगै बैंकहरुबाट ठूलो निक्षेप बाहिरिएको छ । यसअघि अर्थ मन्त्रालयले नै दिएको स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न पाउने सुविधा कटौती गरेसँगै बैंकहरुबाट अर्बौं निक्षेप बाहिरिएको हो ।

जसमध्ये सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकबाट बाहिरिएको छ । अर्थको यस्तो निर्णयसँगै एनआईसी एशिया बैंकबाट २३ अर्ब ८९ करोड २४ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट १६ अर्ब १७ करोड २० लाख रुपैयाँ निक्षेप बाहिरिँदा नेपाल बैंकबाट भने १२ अर्ब ४६ करोड १३ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ । यस्तै, कृषि विकास बैंकबाट ७ अर्ब ३१ करोड ७४ लाख, ग्लोबल आइएमई बैंकबाट ५ अर्ब ४२ करोड ९७ लाख, ४ अर्ब ९९ करोड ३ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ४ अर्ब २३ करोड ३४ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

त्यस्तै, कुमारी बैंकबाट २ अर्ब ८५ करोड ४३ लाख, नबिल बैंकबाट २ अर्ब ८४ करोड ७० लाख, लक्ष्मी सनराइज बैंकबाट २ अर्ब ७८ करोड ७९ लाख, हिमालयन बैंकबाट २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ, एनएमबी बैंकबाट २ अर्ब ३० करोड ७९ लाख, माछापुच्छ्रे बैंकबाट १ अर्ब ८१ करोड ६५ लाख, सिटिजन्स बैंकबाट १ अर्ब ६० करोड ६१ लाख र सिद्धार्थ बैंकबाट १ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ निक्षेप बाहिरिएको छ ।

यता सानिमा बैंकबाट १ अर्ब ५० करोड १७ लाख, प्राइम कमर्सियल बैंकबाट १ अर्ब १३ करोड १८ लाख, नेपाल एसबिआईबाट ९२ करोड ३२ लाख र एभरेष्ट बैंकबाट ७३ करोड ४७ लाख रुपैयाँ बाहिरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी